नियम ३५
धितोपत्र व्यवसायीले जमानत राख्नु पर्ने
ः
(१) धितोपत्र व्यवसायीले धितोपत्र कारोबार सञ्चालन गर्नु अघि बोर्डले तोकिदिए बमोजिमको रकम जमानत स्वरूप बोर्डले तोकिदिएको कुनै वाणिज्य बैंकमा जम्मा गर्नु पर्नेछ र त्यस्ता रकम धितोपत्र सम्बन्धी दायित्व भुक्तानी गर्ने प्रयोजनको लागि मात्र प्रयोग गर्न पाइनेछ ।
(२) उपनियम (१) बमोजिम जमानतको रकम तोक्दा धितोपत्र व्यवसायीले गर्ने धितोपत्र कारोबारको किसिम, कारोवार संख्या तथा कारोवारको रकमको आधारमा तोकिनेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुनु अगावै धितोपत्र बजारले तोकिदिए बमोजिम जमानत राखी कारोवार गरी रहेका धितोपत्र व्यवसायीले छुट्टै जमानत राख्नु नपर्ने गरी बोर्डले छुट दिन सक्नेछ ।